एमाले लुम्बिनी संसदीय दल नेतामा मुख्यमन्त्री चुनिए

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्। शनिबार बुटवलमा बसेको संसदीय दलको बैठकले दलको बैठकले आचार्यले दलको नेता चयन गरेको हो।

 

नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरिएको हो।

त्यस्तै उपनेतामा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन्। दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि नेता गिरीले राजीनामा दिएका थिए। त्यस्तै प्रमुख सचेतकमा रूपन्देहीका तुलसी चौधरी र सचेतकमा रोल्पाकी यमुना रोकालाइ चयन गरेको छ।

तपाईको प्रतिक्रिया