राप्ती गाउँपालिकाको वर्षे अधिवेशन अन्त्य

तुल बहादुर कवँर मगर
देउखुर । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन अन्त्य भएको छ।

 

आइतबार दोस्रो गाउँसभाको पाँचौं अधिवेशनको पाँचौं बैठक सकिए सँगै सो अधिवेशनको अन्त्य भएको हो।

गत असार ३ गतेदेखि सुरुवात भएको अधिवेशनले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक बजेट सँगै विभिन्न विधेयक तथा समितिहरुको प्रतिवेदन पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो ।

प्रवक्ता चौधरीका अनुसार सभाले सभाका सदस्य कमलापती चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक वर्षको २०८१र०८२ को वार्षिक बजेट, रिम बहादुर सुनारी मगरले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक २०८१ र गेमे खड्काले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८१ पारित गरेको छ।

त्यस्तै सभाका सदस्य तथा न्यायीक समितिका संयोजक कमलापती चौधरीले प्रस्तुत गर्नुभएको न्यायीक समितिको प्रगति प्रतिवेदन २०८१ र आर्थिक वर्ष २०८०र०८१ को योजना अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन २०८१ समेत पारित गरेको छ।

त्यस्तै सभा सदस्य विष्णु पोख्रेलले प्रस्तुत गर्नुभएको विधायन समितिको प्रतिवेदन २०८१, बलिराम चौधरीले प्रस्तुत गर्नु भएको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन २०८१ र रोशन चौधरीले प्रस्तुत गर्नुभएको सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८१ सभाले पारित गरेको छ।

सभामा सचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले समग्र पालिका कार्यालयको र अन्य विभिन्न शाखाका शाखा प्रमुखहरुले शाखागत वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सभाको शून्य समयमा सभाका सदस्यहरुले विभिन्न जनजीविकाका विषयमा प्रश्न तथा जिज्ञासा राख्नु भएको थियो ।

सभाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समवृद्वि र विकासका लागि सबैको सकारात्मक साथ र सहयोग हुनु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया