काभा महिला भलिबल: इरानलाई हराउँदै नेपाल फाइनलमा

इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

 

मंगलबार अपराह्न भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालले लिग चरणमा इरानसँग हारेको बदला समेत लिएको छ।

उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। रोमाञ्चक दोस्रो सेट नेपालले २८(२६ लेअघि रह्यो। दोस्रो सेटमा नेपालले इरानले तीन पटक म्याच प्वाइन्टमा पुगेको अवस्था उल्टाएको थियो। तेस्रो सेट २५-२० ले जितेपछि खेल नेपाल फाइनलमा पुग्यो।

अब फाइनलमा नेपालले भारतको सामना गर्नेछ। आजै भएको अर्को सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई हराएर फाइनल प्रवेश गरेको थियो।

तपाईको प्रतिक्रिया