लुम्बिनीमा कांग्रेसले पनि टुंग्यायाे मन्त्रीकाे नाम, आजै शपथ हुने

देउखुरी । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीकाे नाम टुंग्याएकाे छ।

 

प्रमुख सचेतक जन्मजय तिमिल्सिनाकाे नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ।

गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (राेज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीकाे नाम मन्त्रीकाे रूपमा टुंगिएकाे जनाइएको छ।

नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले बुधबार बिहान प्रदेश प्रमुखकाे कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम छ।

सुरुमा मन्त्रीहरूले विना विभागिकाे रूपमा सपथ लिने र पछि जिम्मेवारी ताेकिने बताइएको छ।

तपाईको प्रतिक्रिया