एमालेका आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त

देउखुरी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता चेतनारायण आचार्य नियुक्त भएका छन्।

 

प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

आचार्य लुम्बिनी प्रदेशको छैठौं मुख्यमन्त्रीको रुपमा नियुक्त भए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सहित ५६ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित भएका हुन्। नव नियुक्त मुख्यमन्त्रीले बुधवार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यतालिका छ।

मुख्यमन्त्री सहित एमाले र कांग्रेका मन्त्रीहरुले पनि सपथ ग्रहण गर्ने योजना बनेको छ । एमालेबाट मुख्यमन्त्री सहित चार र कांग्रेसबाट पाँच जना गरी ९ जना मन्त्रिले सपथ ग्रहण गर्ने छन् । बाँकी तीन जना मन्त्रि पछी नियुक्त गर्ने तयारी छ ।

२०२५ साल जेठ २१ गते जन्मिएका आचार्यले कानुन विषयमा स्नातकोत्तर हुन्।

२०३५ सालमा विद्यार्थी जीवनबाट राजनीतिमा होमिएका आचार्य अनेरास्ववियूको प्रारम्भिक कमिटिको अध्यक्ष भएका थिए । त्यसपछि जिल्ला सदस्य हुदै बुटवल बहुमुखी क्याम्पसको जिम्मेवारी सम्हाले ।

२०४६ सालमा ईलाका कमिटि सदस्य, २०४७ सालमा पार्टि जिल्ला सदस्य भए । २०५४ सालमा पार्टी जिल्ला सचिव भएर ११ बर्ष काम गरे । २०६५ सालमा अञ्चल कमिटि सदस्य हुदै २०६९ सालमा पार्टीको जिल्ला अध्यक्ष भएर ९ वर्ष काम गरेको अनुभव छ । २०७८ सालमा पार्टीको केन्द्रिय सदस्य बन्नु भएका आचार्य अहिले पनि केन्द्रिय सदस्य र दाङ जिल्ला ईञ्चार्जको जिम्मेवारीमा छन्।

यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछी एमाले दल नेता लिला गिरी नेतृत्वमा बनेको सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भइसकेका छन् । माओवादी नेता जोख बहादुर महराको नेतृत्वमा बनेको सरकारमा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।

तपाईको प्रतिक्रिया