
देउखुरी । गत हप्तादेखि परेको वर्षाका कारण लमही भालुवाङ सडक खण्डको धेरै स्थानमा खाल्डाखुल्डी परेको छ । सडकमा परेका खाल्डाखुल्डीका कारण सडक दुर्घना बड्न सक्ने हुदा राप्ती मोबाइल तथा इलोक्ट्रोनिक्स व्यवसायी संघ भालुवाङले आफै सडका खाल्डाखुल्टी पुरेको छ ।

सडकमा परेको खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढ्न थालेपछि सडक डिभिजनलाई दबाब दिन सनिबार आफै खाल्डाखुल्डी पुरेको राप्ती मोबाइल तथा इलोक्ट्रोनिक्स व्यवसायी संघ भालुवाङका अध्यक्ष हरी खड्काले बताए । संघले राप्ती गाउँपालिकाको क्षेत्र भालुवाङ पुल्चोक, पाखापानी, लालमटिया, बराखुट्टी, मौरीघाट लगायतका स्थानमा परेको खाल्डादुल्टी पुरेको छ ।
सडकममा परेको खाल्टाखुल्टीका कारण सडक दुर्घटना बढेको घन्दै सडक डिभिजन कार्यालयलाई दवाव दिन केही दिन अघि पनि पाखापानीका स्थानीयले बिच सडकमा केरा र फुलका बिरुवा रोपेको थिए ।

राप्ती मोबाइल तथा इलोक्ट्रोनिक्स व्यवसायी संघ भालुवाङ विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया