देउखुरी । दाङको देखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

राजपुर गाउँपालिका ३ प्रतापपुर निवासी ६० वर्षीय राम जानकी अहिरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।
गएराती राजपुरको चंगुवादेखी बेलातर्फ आउँदै गरेको लु ३० प ५४४४ नम्बरको मोटरसाइकलले पैदलयात्री अहिरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक कार्की आफै घटनास्थलमा पुगेर अहिरलाई उपचारका लागि लमही अस्पताल पुर्याएका थिए। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।
अहिरलाई ठक्कर दिएको मोटरसाइकलका चालक मोटरसाइकल घटनास्थलमै छोडेर भागेका थिए। प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया