
बासुदेव न्यौपाने
देउखुरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा परेको खाडल सडक डिभिजन कार्यालयले नपुरेपछि पाखापानीमा नागरिकले बीच सडकमा बिरुवा रोपेका छन्। राप्ती गाउँपालिका वडा नं १ का स्थानियले महेन्द्र राजमार्गमै केरा र फुलको बिरूवा रोपेका हुन्।
गत हप्तादेखि परेको वर्षाले राजमार्गमा खाडल परेको थियो । खाडल पर्दा दुर्घटनाको जोखिम बढ्दै गएको हुदा स्थानियले केरा रोपेका हुन् ।
आज बिहान मात्र दाङबाट भैरहवा जादै गरेको स्कुटर दुर्घटनामा परेको थियो ।

२ वर्ष अघि पनि सोही खाडलका कारण टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । दुर्घटनाको जोखिम बढेको भन्दै सडक डिभिजन कार्यालय दाङलाई दवाव केरा रोपिएको स्थानियले बताएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया