दाङमा सशस्त्र प्रहरीले बाढीमा फसेका २८ जनालाई सकुशल उद्दार गर्याे

देउखुरी । बाढीले घेरेपछी ज्यान जाेगाउन सिमलकाे रुखमा चढेका दाङमा २ जना किसानलाई सशस्त्र प्रहरी बलका जवानहरुले सकुशल उद्दार गरेका छन ।

 

राजपुर-२ बेला निवासी २ जना किसानलाई उद्दार गरिएको हाे । याे सहित दाङ जिल्लाका विभिन्न स्थानकाे बाढीमा फसेका धेरै व्यक्तिलाई उद्दार गरिएको छ । राप्ती नदि र अर्जुन खाेलामा आएकाे बाढीका कारण डुबानमा परेका वस्तिका नागरिकलाई सकुशल उद्दार गरिएको हाे ।

अर्जुनखोला र राप्ती नदिमा आएकाे बाढीमा फसेका २८ जनालाई सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण र २९ नम्बर गण हेडक्वाटर ज्वालामाइ दाङ बाट परिचालन भएका सुरक्षाकर्मीहरुले उद्दार गरेकाे निमित्त गणपति टेकराज पाेख्रेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया