बिषालु सर्पको टोकाइबाट राप्ती २ मा एक जनाको मृत्यु

 

 

देउखुरी । राप्ती गाउँपालिकामा बिषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं. २ नयाँ बस्ती निबासी वर्ष ६८ का डल्ले कुमाल रहेको स्थानीय सालिकराम भण्डारीले जानकारी दिए ।

कुमाललाई शुक्रबार बेलुका साढे ८ बजेको समयमा बिषालु सर्पले टोकेको थियो । लमही अस्पतालमा सामान्य उपचार पछि घोराही लैजाने क्रममा कुमालको निधन भएको हो ।

४ वर्ष पहिला कुमालको नातीको समेत सर्पको टोकाइबाट मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया