कराही प्रहार गरी गढवामा श्रीमानले गरे श्रीमतीको हत्या

दाङ– गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। गढवा गाउँपालिका–२, पचहिया निवासी बर्ष २६ का रन्जित चौधरीले आफ्नै श्रीमती बर्ष २१ की कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएको हो।

 

जेठ २४ गते राती करिब ९ बजेको समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएको र क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आज बिहान ८ मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको गढवा प्रहरीले जनाएको छ।‘कारण खुलेको छैन्। हामीले अनुसन्धान गरिरहेका छौं’प्रहरी निरिक्षक कार्कीले भनिन्,‘कारबाही प्रक्रिया अघि बढाएका छौं।’

तपाईको प्रतिक्रिया