क्रिकेटमा रमाए नवील बैंकर्स

देउखुरी। सधैं बैंकको काममा व्यस्त रहने नविल बैंकमा कार्यरत बैंकर्सहरु शनिबार एकै ठाउँमा भेला भए । विभिन्न जिम्मेवारीमा रहेकाहरुको समुह विभाजन भयो । महिला र पुरुषको छुट्टा छुट्टै समूह निर्माण गरियो । अनि सुरु भयो क्रिकेट प्रतियोगीता ।

 

लमही स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा नविल बैंकमा कार्यरत बैंकर्सहरु एक अर्काको विश्वास गर्दै सामुहिक सहकार्यमा जोडिए । अनि सुरु भयो क्रिकेट प्रतियोगीता । महिला कर्मचारीहरु पहिलो पटक क्रिकेट मैदानमा व्याट र बल संग रमाउन पाउदा वेग्लै अनुभूतिमा रमाउन पुगे । अनि बैंकलाई हाँकिरहेका ब्रान्च म्योनजरहरु पनि खेलमा रमाए ।‘सबैले राम्रो प्रस्तुती दिए । सामुहिक सहकार्य थियो’क्षेत्रिय प्रबन्धक मुरारीप्रसाद अर्यालले भन्नुभयो,‘जसरी काममा सामुहिक भावना छ ।

त्यसैगरी फिल्डमा पनि सामुहिक भावना प्रकट भयो । यो नै हाम्रो लक्ष्य हो ।’ क्रिकेट प्रतियोगीताले बैंकमा कार्यरत सहकर्मीहरुको विचमा थप भावनात्मक एकता बढाउन मद्धत गरेको तुलसीपुर शाखा प्रमुख सुधिर भण्डारीले बताउनु भयो ।‘शनिबार विदा पनि हो । हामी यो विदालाई उत्सवयुक्त बनाउन सफल भयौं’भण्डारीले भन्नुभयो,‘ब्रान्च म्यानेजहरु एकै ठाउँमा, सबै तहका कर्मचारीहरु पनि एकै ठाउँमा हुँदा थप उर्जा प्राप्त भयो । यो उर्जा कार्यालयको कार्यसम्पादनमा पनि भेटिने छ ।’ नविल बैंक कर्मचारी संघको आयोजनामा देउखुरी क्लस्टर स्तरीय क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो ।

लमही शाखाका प्रमुख उत्सव श्रेष्ठले लमही क्रिकेट मैदानमा सहकर्मीहरु संग भेट हुन पाउँदा र एक अर्काविच खेल भावना मार्फत सद्भाव साट्न पाउँदा खुसी भएको बताउनु भयाे । देउखुरी बैंकर्सका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले लमहीकाे क्रिकेट मैदानले समग्र सम्भावना बाेकेकाले यसकाे प्रबर्द्धन आवश्यक रहेकाे समेत बताउनु भयाे ।

पुरुष तर्फ पोषण लामिछानेको टिम प्रथम भएको छ भने महिला तर्फ थामि घर्तीमगरको टिम प्रथम भएको थियो । सहभागी खेलाडी सहित प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समुलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा तुलसीपुर शाखा प्रमुख सुधीर भण्डारी, लमही शाखा प्रमुख उत्सव श्रेष्ठ, सल्यान शाखा प्रमुख शिशिर गौतम, घोराही शाखा प्रमुख विवेक पाण्डे, रामपुर कालिमाटी शाखा प्रमुअ चेवन प्रकाश गिरी, नारायणपुर शाखा प्रमुख नम्रता श्रेष्ठ, हापुरे शाखा प्रमुख पोषण लामिछाने लगायतको बिशेष उपस्थीति थियो ।

कार्यक्रमको सहजीकरण नबिल बैंक कर्मचारी युनियनका राष्ट्रिय पार्षद केदार अधिकारी, पार्षद सदस्यहरू जनक नेपाली र सुमन मिश्राले संयुक्त रुपमा गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया