रोटरी क्लव राप्ती द्वारा हाडबासका अग्नी पिडितहरुलाई राहत सामाग्री प्रदान

 

 

देउखुरी । रोटरी क्लव अफ राप्तीले अग्नी पिडितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नी पिडितहरुलाई शनिवार राहत सामाग्री स्वरुप ६ बन्डल जस्ता पाता र अक्वा बक्स प्रदान गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष बासुदेव न्यौपानेले बताउनु भयो ।

रोटरी क्लव अफ राप्तीका सदस्यहरुबाट संकलित २७ हजार र रोटरी क्लव अफ ललितपुर मिडटाउन बाट प्राप्त कपडाका साथै ३० हजार नगद गरी ५७ हजार बराबरको राहत सामाग्रीका साथै रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बाट प्राप्त अक्वा बक्स समेत सहयोग गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । गत बैसाख १६ गते आगलागी हुदा २६ घरमध्ये २३ घर जलेर नष्ट भएका थिए ।

रोटरी क्लव अफ राप्तीले जस्तापाता, अक्वा बक्स रअग्नी पिडितहरुका लागि कपडा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको रोहबरमा पिडीतहरुलाई प्रदान गरेको हो ।

राहात सामाग्री लिएर रोटरी क्लव अफ राप्तीका अध्यक्ष बासुदेव न्यौपाने, प्रस्तावित अध्यक्ष तपराज आचार्य, कोषध्यक्ष गोपाल आचार्य, सह सचिव अनिल केसी, व्यवस्थापक द्रोर्ण प्रसाद आचार्य, सर्जेन्ट आम्स पुजा खनाल, सदस्यहरु बसन्त गिरी, बिजुला केसी, अञ्जना पोख्रेल हाडबास गाउँ पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया