गुरुकुल एकेडेमी तुलसिपुर र लमहीका विद्यार्थिहरुको स्वास्थ्य परीक्षण

 

 

दाङ । गुरुकुल एकेडेमी तुलसिपुर द्धारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले ग्रुप देखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ ।

विद्यालयका विद्यार्थिहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको समन्वयमा राप्ती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर शुसान्त गौतम र स्टाफ नर्स सुस्मिता भुषालले विद्यार्थीको परीक्षण गर्नुभयको हो ।

यस्तै गुरुकुल एकेडेमी लमहीले पनि विद्यार्थिहरुको स्वास्थ्य परीक्षण गरेको छ । गर्मि बढ्दै जादा बिभिन्न स्वास्थ्य समस्या हुने कुरालाई बिद्यालयले मध्यनजर गर्दै विद्यार्थिहरुको स्वास्थ्य परीक्षण गरीएको विद्यालयका शैक्षिक निर्देशक निमानन्द गैरेले बताउनुभयो । गुरुकुल लमहीमा सरुमा अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर सत्य प्रसाद बैद्यले बिद्यार्थिहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो ।

यसै बिच दुबै बिद्यालयमा विद्यार्थीलाई हात धुने, पोषणयुक्त खाना खाने र सरसफाइ लगायतका बारेमा जानकारी दिँदै अभ्यास समेत गराइएको थियो । यो कार्यक्रममा विद्यालयका बालबालिकालाई उपचार गराउन विद्यालयको नियमित कार्यक्रम अन्तर्गत भएको हो । गुरुकुल एकेडेमीले प्रत्येक बर्ष बार्षिक ४ पटक सम्म विद्यार्थिहरुको स्वास्थ्य परीक्षण गर्ने तालिका बनाएको छ । सोहि अनुसार पहिलो स्वास्थ्य परीक्षण गरीएको हो । यो कार्यक्रमले अभिभावक पनि निकै खुसि भएका छन । उनिहरुले साँचिकै गुरुकुल एकडेमी हाम्रा नानिबाबुको भविष्य प्रति निकै चिन्तित रहेको अनुभव समेत गरेका छन ।

गुरुकुल एकेडेमीका विद्यार्थिहरुको विशेष गरी उचाई, तौल, अक्सिजन लेभल, पल्स रेट, ब्लड प्रेसर, तापक्रम र वरल हाइजिन लगायत सम्पुर्ण कुराहरुको परीक्षण गरीएको हो । परीक्षण पश्चात बालबालिकाहरुको स्वास्थ्य अबस्था बारे अभिभावकलाई समेत जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया