भालुबाङमा शिवपुराण ज्ञान प्रवचन महायज्ञ जारी

देउखुरी । राप्ती गाउँपालिका–१ भालुवाङ स्थित शिवालय मन्दिरमा बैशाख १ गतेबाट सुरु भएको शिवपुराण ज्ञान प्रवचन महायज्ञ जारी छ ।

 

११ गते सम्म चल्ने महायज्ञ भब्यरुपमा चलिरहेको हो । भालुवाङ निवासी जुगलाल पोखेल तथा हुमादेवि पोख्रेलको स–परिवारबाट ११ दिन सम्म शिव पुराण महायज्ञ सार्वजनकि रुपमा संचालन भइरहेको हो ।

धार्मिक क्षेत्रको विकास गर्ने र सकारात्मक सोंचको निर्माण गर्ने उद्देश्यले सन्त श्रीकृष्ण शरणको मुखारविन्दुबाट संगितमय भजन, कृतन एवं प्रवचन जारी रहेको महायज्ञ आयोजक परिवारका सदस्य जगतप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलन भएको भेटी तथा दानबाट शिव मन्दिरमा धर्मशाला निमार्ण गर्ने तथा पुल्चोकको माथि डाँडामा हिमालय पर्वत सहित शिवपार्वतीको प्रतिमा निमार्ण गर्ने लक्ष्य राखिएको छ । महायज्ञको सम्पूर्ण खर्च पोख्रेल परिवारले गरेको छ । संकलित भेटी तथा सम्पूर्ण दान मन्दिर व्यस्थापन समितिमा जाने छ । अहिले सम्म १६ लाख बढी दान संकलन भएको छ भालुवाङ शिवालय धार्मिक पर्यटन विकास संरक्षण समितिले जनाएकाे छ ।

महायज्ञमा अहिले सबै भन्दा धेरै दान सन्तवीर पुन र सुधा पुनकाे तर्फबाट १ लाख ५० हजार ५ दान प्राप्त भएकाे छ ।

तपाईको प्रतिक्रिया