सम्झौता अनुसार रकम भुक्तानी नभएको भन्दै ज्ञापनपत्र

 

 

देउखुरी । सम्झौता अनुसारको रकम भुक्तानी नभएको भन्दै कर्रि सामुदायिक वन उपभोक्ता समुहले सम्राट सिमेन्ट उद्योगमा ज्ञापनपत्र बुझाएको छ ।

२०७७ साल साउन १५ गते सामुदायिक वन समुह र उद्योगको विचमा भएको सम्झौता अनुसार बन हेरालु खर्च वाफत मासिक २५ हजार रुपैयाँ वन समुहलाई उपलब्ध गराउने उल्लेख छ । तर, उद्योगले सामुदायिक वनलाई तीन लाख ४५ हजार रुपैयाँ दिन बाँकी रहेको भन्दै वन समुहका अध्यक्ष कृष्णबहादुर खत्रि, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरिप्रसाद भुसाल लगायतको एक प्रतिनिधि मण्डलले उद्योगका प्रतिनिधिलाई भेट गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सम्झौता अनुसार रकम भुक्तानी नभए सामुदायिक वनले आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । वन क्षेत्रबाट उद्योगले बाटो र विजुली लगेकाले वन संरक्षण तथा हेरालुको मासिक खर्च उद्योगले व्यहोर्ने लिखित सहमती भएको थियो ।

तपाईको प्रतिक्रिया