झलमल गोरक्ष टोल

लमही । लमही नगरपालिका वडा नं. ५ स्थित गोरक्ष टोल भित्रका बस्तीहरु झलमल्ल भएका छन् ।

 

बिग्रीएका सडक वत्तिका वल्व फेरिएपछी गोरक्ष टोल भित्रका वस्ती झलमल्ल भएको स्थानीय अगुवा जगनारायण चौधरीले जानकारी दिए । सडक वत्ति राखिएको तर, विग्रिएका वल्व नफेरिएका कारण अन्धकार थियो । तर, टोलबासीहरुको व्यक्तिगत लगानीमा विग्रिएका दश वटा वल्व फेरिएको र बस्ती झलमल भएको हो ।

‘अन्धकार थियो । सडक वत्ति भएर पनि वल्व फेरिएको थिएन । अहिले उपभोक्ता आफैले पैसा उठाएर वल्व फेरिएको हो’चौधरीले भने,‘गाउँ बस्ती बनाउन स्थानीय नागरिकको सक्रियता चाहिन्छ ।’ कुसुमबोट, सुन्दरपुर चोक, ओमशान्ती सम्मको सडक क्षेत्र उज्ज्यालो भएको छ ।

तपाईको प्रतिक्रिया