दाङ । तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिए ।
यस्तै, मोटरसाइकलमा सवार तुलसीपुर ११ बेलदमारका ३५ वर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका १७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया