काठमाडौंबाट चुनाव लड्ने तयारीमा रवि लामिछाने

काठमाडौं । सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरेका छन् । । उनले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम लिदै ग्यालेक्सी फोर के बाट बिदा लिदै पूर्णकालीन राजनीतिमा आउन लागेको समेत बताएका छन् ।

 

आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक घोषणा गर्ने बताएका छन् । काठमाडौंको कुनै क्षेत्रबाट चुनाव लड्ने भन्ने जानकारी भने गराएका छैनन् ।

आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाउन लागेको उनको भनाइ छ । ‘एउटा सञ्चारकर्मीका रुपमा मैले सकेको गरेँ, के गरेँ, कति गरेँ, तपाई दर्शकहरुसँग त्यसको हिसाब छ’ उनले भने, ‘अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्‍याउन चाहन्छु ।’

‘म आजबाट पूर्णकालीन राजनीतिमा आएको छु । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो । आफूले सञ्चालन गरिरहेको कार्यक्रम नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया