शिवराज खनाल

दाङ । लमही महोत्सवमा दर्शकहरुको उपस्थिती विस्तारै बाक्लिदै थियो । गायक कुलेन्द्र बिक यो मासलाइ उछाल्न स्टेज चढे । कुनैबेला अति नै लोकप्रिय बनेको गीत ‘सालको पातको टपरि हुने’ गीतबाट जब लमही महोत्सवमा कुलेन्द्र गुन्जिय दर्शक दिर्घामा छुट्टै रौनक देखियो ।
ताली र होहल्लाले महोत्सव स्थल गुन्जायमान बन्यो । कुलेन्द्रले योसहित उनका थुप्रै गीतहरुले दर्शक नचाएका थिए । यसैगरी महोत्सवकी अर्कि आकर्षक रिता केसीले पनि आफ्नो प्रस्तुती मार्फत दर्शकलाई नचाइन । लमहिमा जारी महोत्सवमा स्थानिय कलाकारहरुले समेत आआफ्नो प्रस्तुती राखेका थिए ।
लमही चेम्बर अफ कमर्सको आयोजनामा जारी महित्सवमा दिन प्रतिदिन दर्शकहरुको घुइचो बढिरहेको छ । महोत्सवमा बिहिबार एलिना चौहानको प्रस्तुती रहने भएको छ । धोकेबाज गीत उनको चर्चित गीत हो । पछिल्लो समय उनको यो गीत मेला महोत्सवमा युबायुबतिहरुको रोजाइ बनिरहेको छ । यो गीतमा युबायुबतिहरु निक्कै झुम्ने गर्छन ।

तपाईको प्रतिक्रिया