देउखुरी । २३ औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेड क्वाटर ज्वालामाई भालुवाङमा भएको कार्यक्रममा सशस्त्र प्रहरी स्थापना भएदेखी हालसम्म सिमा सुरक्षा, विपद् व्यवस्थापन, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रण लगायतको शान्ती सुरक्षा कायम गर्न खेलको प्रभावकारी भूमिकाको प्रशंसा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेड क्वाटर ज्वालामाई भालुवाङका गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक गोपाल प्रसाद श्रेष्ठको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्दु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दैे प्रमुख जिल्ला अधिकारी सुवेदीले सशस्त्र प्रहरीले सिमा सुरक्षा, विपद् व्यवस्थापन, तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणमा खेलेको भूमिका प्रभावकारी रहेको बताउनु भयो । ‘आजको दिनले सशस्त्र प्रहरीलाई थप उचाउमा पुर्याएको छ ।’ सुवेदीले भन्नु भयो ‘सशस्त्र प्रहरी मुख्य जिम्मेवारीमा रहेर राष्ट्रसेवा प्रती तथा जिल्लाको प्रभावकारी काममा उत्कृष्ठ कार्य सम्पादन गरेको छ ।’

गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले सामुहिक प्रयास, प्रतिवद्धता, लगनशिलता, कर्तव्य निष्ठता, व्यावसायीकता, मानव अधिकार तथा नागरिकहरुकोे हक अधिकारको सुरक्षा गर्दै गरिएका काम कारवाहीले सशस्त्र प्रहरी वल आज नागरिक समाज हुन पुगेको बतानु भयो । सशस्त्र प्रहरीले नागरिकमा छिटो छरीतो सेवा प्रदान गर्ने गदै आएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रामबन्दु सुवेदीले अमर सशस्त्र प्रहरी स्मारकमा माल्यारपण गर्नु भएको थियो ।

सो क्रममा उत्कृष्ठ कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई तक्मासहित सम्मान गरिएको छ ।

भवन शिलान्यास
नेपाल पूर्व सशस्त्र प्रहरी संघको नव निर्मित भवन समेत शिलान्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेड क्वाटर ज्वालामाईको पश्चिम तर्फ भवन बन्न लागेको हो । सशस्त्र प्रहरी दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी रामबन्दु सुवेदी र नेपाल पूर्व सशस्त्र प्रहरी संघ दाङका अध्यक्षधर्म प्रसाद उप्रेतीले संयुक्त रुपमा नव निर्मित भवनको शिलन्यास गर्नु भयो ।





तपाईको प्रतिक्रिया