
देउखुर । दाङको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा आयोजीत छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा सञ्चालन भएको राप्ती डान्स आइडल २०८० को उपाधी स्मृति थापाले जितेकी छिन् ।
१० जना प्रतियोगीलाई पछि पार्दै थापाले उपाधी आफ्नो हातमा पार्न सफल भएन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा गत पुस २७ गते देखि सुरु भएको आइडल सोमबार सकिएको हो ।
त्यसैगरी राप्ती आइडलको दोस्रो अर्निमा तमाङ, तेस्रो अर्चना नेपाली र सान्त्वना अस्मिता ग्रुप भएको आइडल संयोजक तथा प्रमुख निर्णायक दिपक बर्माले जानकारी दिएका छन् ।
राप्ती आइडलका विजेताहरुलाई महोत्सवको समापनका दिन माघ ९ गते पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया