
दाङ । न्यू होराईजन प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगीताका २०८० लमही केन्द्रको प्रतिस्पर्धामा जनज्योती विद्या मन्दिर घोराहीले जित निकालेको छ ।
२० विद्यालयको सहभागीतामा भएको प्रतिस्पर्धामा अन्य विद्यालयलाई उछिन्दै जनज्योती विद्या मन्दिर घोराही पहिलो भएको हो । प्रतियोगीतामा मेचिकाली सेकेन्डरी बोर्डिङ्ग स्कुल दोस्रो, गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही तेस्रो भएको छ ।
पहिलो हुने विद्यालयले नौं हजार, दोस्रो हुने विद्यालयले छ हजार र तेस्रो हुने विद्यालयले चार हजार पाँच सय नगद, शिल्ड, प्रमाणपत्र प्राप्त गरेका छन् । पहिलो र दोस्रो हुने विद्यालयल यही माघ २६ गते हुने फाइनल प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । फाइनल प्रतिस्पर्धा आयोजक विद्यालय न्यू होराईजन बुटवलमा हुने छ ।
विद्यालयका उपप्राचार्य वासुदेव अर्यालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख चौधरीले विद्यार्थीहरुको क्षमता मापनका साथै उनिहरुमा नयाँ प्रकारको सिकाई अभिवृद्धि गर्न प्रतियोगीता उपयोगी भएको बताउनु भयो । विद्यालयका उपप्राचार्य वासुदेव आचार्यले विद्यार्थीहरुको विचमा सिकाई हस्तान्तरणका साथै उनिहरुको विचमा सहकार्यको वातावरण निर्माण गर्न पनि प्रतियोगीताले मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, शिक्षा शाखा प्रमुख भवानी गिरी लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण लमही केन्द्रका प्रमुख प्रकाश खनालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया