लालमटियामा जारी राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक महोत्सवः एकै दिन १० हजारले गरे अवलोकन

 

 

देउखुरी । ‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देयका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङद्धारा सञ्चालन भइरहेको ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०’ को पाँचौ दिन माघ १ गते मेलाको अवलोकन गर्न उल्लेख्य दर्शकहरु प्रर्दशनी स्थल पुगेका छन् ।

सार्वजनिक विादाको दिन परेका कारण दर्शकको बिहानैबाट बाक्लो उपस्थिती रहेको थियो । पुष २६ गतेदेखि माघ ८ गतेसम्म जारी महोत्सव २०८० राप्ती गाउँपालिकाको वडा नं. २ लालमटियामा रहेको टुडिखेलमा संचालन भइरहेको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काका अनुसार माघ १ गते मात्र एकै दिन १० हजार दर्शकले प्रदर्शनी अवलोक गरेका थिए । माघ १ गते आइतबार सांस्कृतिक कार्यक्रम तर्फ चर्चित मोडल तथा गायक सन्दिप न्यौपाने, थारु कलाकार दोषहरण चौधरी र राज कुस्मीको प्रस्तुति रहेको थियो ।

यसैगरी माघ २ गते सोमबार चर्चिक गायक रेशमराज भट्टराइ, थारु गायक राजेन्द्र चौधरी र गायिका तथा कार्यक्रम संचालिका शर्मिला अर्याल लगायतको प्रस्तुति रहने महोत्सव व्यवस्थापक ऐस के शर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया