बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा बामदेव चौधरी सर्वसम्मत चयन

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका–५ सिसहनियाँको अध्यक्षमा बामदेव चौधरी सर्वसम्मत चयन भएका छन् ।
संस्थाको शुक्रबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजित १३ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनले अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा कर्ण बहादुर ज्ञवाली, सचिवमा जिवराज भट्टराई, कोषाध्यक्षमा तपेश्वर चौधरी चयन भएको छन्। त्यसै गरि सदस्यहरुमा जीवन अधिकारी, मिट्ठु चौधरी, यम बहादुर चौधरी, सुदिप चौधरी र इन्द्र नेपाली रहेका छन् । साथै अधिवेशनले प्रेमलाल चौधरीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा छविलाल चौधरी र पुरन चौधरी रहेका छन् ।

संस्थाका अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव विष्णुप्रसाद चौधरी र आर्थिक प्रतिवेदन व्यवस्थापक बालिका शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सदस्य खुसल घिमिरे ,जिल्ला बचत संघ दाङका सचिव रामकृष्ण आचार्य,हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका निवर्तमान अध्यक्ष शिवध्वज मल्ल र राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । जसमा असल बचत कर्ताको रुपमा नवीन चौधरी, प्रेमलाल चौधरी, विष्णुप्रसाद गुप्ता, भुवन रावतलाई सम्मान गरिएको थियोे । त्यसै गरि असल ऋणीको रुपमा मनोज चौधरी, धोडवा चौधरी, जीवन अधिकारी, निखिल चौधरी र जेष्ठ सदस्यहरु कुलविर रोका र टीका देवी भण्डारीलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष कर्ण बहादुर ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक बालिका शर्माले गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया