भालुवाङमा अवस्थित सामुदायिक हरित् पार्कको सरसफाई

देउखुरी । राप्ती गाउँपालिका बडा नं. १ मा पर्ने राम जहदी सामुदायिक हरित् पार्कको सरसफाई गरिएको छ ।

 

राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको विशेष पहलमा शनिवार हरित् पार्कको सरसफाई गरिएको हाे ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेड क्वाटर ज्वालामाई भालुवाङले लगायत स्वयंसेवकहरुकाे सहभागीतामा पार्ककाे सरसफाइ गरिएको छ ।

 

अभियानमा राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका सदस्यहरु सहित ईलाका प्रहरी कार्यालय भालुवाङ, नमुना टोलविकास समिति, राम जहदी सामुदायिक बनका कार्यसमिति सदस्यहरुका साथ रह्यो ।

तपाईको प्रतिक्रिया