आलोक भावुक
गढवा । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्ध भन्ने मुल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको १६ दिने अभियान गढवामा समापन भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा प्रतिक्षाको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
१६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा प्रतिक्षाले वक्तृत्वकला प्रतियोगितामा सहभागी भाई बहिनीहरुको क्षमता र लैङ्गिक हिंसा सम्बन्धी ज्ञान सुनेर आफु प्रफुल्लित भएको बताउनुभयो। लैङ्गिक रुपमा हिंसा अझै सम्म अन्त्य नभएको भन्दै त्यसतर्फ समाजका सबै वर्गले सोच्नु पर्ने बताउनु भयो। विद्यार्थी भाइबहिनीहरूले ५ मिनेटको समयमा राखेका कुरा मनन गर्नु पर्ने बताउदै यो उमेर महिला हिंसा विरुद्ध बुझेका ज्ञान सुन्दा आउने पुस्ता पक्कै पनि सुधार हुने बताउनु भयो। ९र१० कक्षामा पढ्ने विद्यार्थीहरुको चेतनाको स्तर सुन्दा शिक्षक शिक्षिकाहरु धन्यवादको पात्र भएको बताउनुभयो। समाजमा अझै पनि छोरा छोरीलाई हेर्ने दृष्टिकोण पुर्ण रुपमा बदवी नसकेको बताउदै समग्र समाझको बिकाशका लागि हाम्रो चेतनाको स्तर बदल्नु पर्ने बतानु भएको थियो ।
१६ दिने अभियानको समापन कार्यक्रममा महिला कुर्सी दौड तथा विद्यालयका छात्रछात्राहरु बिचको वक्तृत्वकला प्रतियोगिता कार्यक्रम समेत भएको छ।
बुद्ध ज्योति माध्यमिक विद्यालयकी छात्रा दर्सना यादव प्रथम, पुनम सुनार द्धितिय,जनता माध्यमिक विद्यालय गढवाका प्रानजल चौधरी तृतीय र राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका आशिका चौधरी तृतीय स्थान हासिल गर्नुभएको छ। चारै जनालाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।
त्यसैगरी महिला कुर्सी दौडमा मिना अधिकारी प्रथम, रिता चौधरी द्धितिय, जितरामी चौधरी तृतीय र अन्य ७ जना लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
वक्तृत्वकला प्रतियोगिताको मुल्यांकनकर्तामा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, शिक्षा शाखाका रविलाल माझी र शिक्षिका चुमा कुमारी न्योपाने रहनु भएको थियो ।
समापन कार्यक्रममा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, गैर सरकारी संस्था लुम्बिनी प्रदेशका उमाकन्त पन्त, सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठक, त्यसैगरी माओवादी केन्द्रका देवराज यादव, नेकपा एमालेको तर्फबाट दामोदर ढुङगाना लगायतकाले बोल्नु भएको थियो।
गढवा गाउँपालिका र गढवा गाउँपालिका अन्तर्गतका २३ वटा संघ संस्थाहरुको समन्वय सहकार्य र सहयोगमा मंसिर ९ गते देखी मंसिर २४ गते सम्म अभियान सञ्चालन भएको थियो। कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा सदस्यहरु, विभिन्न राजनीतिकदलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, भिटा परियोजनाका मूल तथा उपहार समूहहरु, पत्रकार, गढवा गाउँपालिकाका कर्मचारी लगाएतकाको सहभागिता रहेको थियो।
७ नम्बर वडा सदस्य तथा न्यायिक समिति सदस्य रेखा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया