काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार विदा नदिने निर्णय गरेको हो ।

तीन महिनाका लागि परीक्षणका रुपमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भए पनि सरकारी निर्णय एक महिना पनि टिक्न सकेन ।
सरकारको निर्णयसँगै असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया