प्रहरीमा पूजा सिंह बनिन् जनपदतर्फको पहिलो महिला एआईजी

काठमाडौं । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक जनपद समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा महिला नियुक्त भएकी छन्। पूजा सिंह प्रहरीको जनपदतर्फ पहिलो एआईजी भएकी हुन्।

 

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। डीआईजीबाट एआईजीमा बढुवा हुनेमा पूजा सिंह पनि छन्।

यसअघि बढुवा सिफारिस समितिको बैठकले प्रहरी पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको थियो। सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले बढुवा समितिको सिफारिस सदर गरेको हो।

तपाईको प्रतिक्रिया