दाङमा राजमार्ग लक्षित ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको पछाडि टाँसियो स्टिकर

दाङ – दाङमा राजमार्ग लक्षित बृहत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हो।

 

रातिको समयमा गुड्ने सवारी साधनको पछाडी पट्टी रिफ्लेक्टिक स्टिकर टाँस गरिएको छ। करिब दुई सय सवारी साधनमा स्टिकर टाँस गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजनामा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णु न्यौपानेले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक किरणप्रकाश मल्लको बिशेष उपस्थितीमा कार्यक्रम गरिएको हो। राजमार्गमा रातको समयमा बढी दुर्घटना हुने गरेको, तिब्र गतीका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेकाले सचेत पारिएको छ।

यसका अतिरिक्त ट्राफिक नियमको पालना गर्दै ४० बर्ष देखी सवारी साधन चलाउदै अशल चालकको परिचय बनाउन सफल राप्ती गाउँपालिका–१ निवासी पदमबहादुर जिसीलाई सम्मान गरिएको छ। सिसहनियाँ र भालुबांग क्षेत्रमा राजमार्ग लक्षित कार्यक्रम गरिएको थियो। सडक प्रयोगकर्ताले सडक सुरक्षा र सडक अनुशासन पालना गर्न जोड दिइएको छ।

तपाईको प्रतिक्रिया