राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रमका लागू हुदै

 

 

तुल बहादुर कवँर मगर
दाङ । दाङको राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रमका लागू हुने भएको छ।

विद्यालय शिक्षा लाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जोड दिने उदेश्यले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयहरुमा यो कार्यक्रम लागू गर्न लागिएको हो।

यसै क्रममा बिहीबार गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ अध्यापन गराउने शिक्षकहरुका लागि शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि, लर्निङ पेलेट फार्म सम्बन्धी एक दिवशीय क्षमता विकास कार्यक्रम पालिकाको सभाहल मसुरियामा सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री मास्कीले शिक्षा क्षेत्रमा प्रदेश सरकारले धेरै लगानी गरे तापनि परिमाण र व्यावसायिकमूखी रुपमा विकास हुन नसकेको बताउनुभयो । उहाँले शिक्षकहरु विद्यार्थीहरुको गुरु मात्रै नभएर समाज र राष्ट्रको बौदिक वर्ग समेत भएको बताउनुभयो ।

पछिल्लो चरण विभिन्न किसिमको प्रविधिको विकास हुदै गएको उल्लेख गर्दै मन्त्री मास्कीले शिक्षकहरु समय सापेक्षी रुपमा प्रविधिमैत्री हुन आवश्यक रहेको बताउनुभयो । ‘अझै पनि विद्यालयमा किताबमूखी पठनपाठन हुँदै आएको छ ।’ मन्त्री मास्कीले भन्नुभयो, ‘अब किताबमूखी नभएर प्रविधिमैत्री , व्यावहारीक र आत्मा निर्भरमूखी शिक्षा हुन आवश्यक छ।’

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समयमा युवा विद्यार्थीहरु पढ्ने वा रोजगारी गर्ने बहानामा विदेशीने क्रम बढ्दै गएको बताउदै विभिन्न टेक्नोलोजी प्रयोग गरि शिक्षालाई व्यावसायिक र आत्मनिर्भर बनाई युवा विद्यार्थीहरुलाई विदेशीन बाट रोक्न गाउँपालिका लागि परेको बताउनुभयो ।

अध्यक्ष विष्टले परम्परागत शिक्षण पद्धतिलाई परिवर्तन गर्दै अधिकतम टेक्नोलोजीको प्रयोग गरि विकसित देशका विद्यालयहरु सरह शिक्षाको विकास गर्न यस कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

माई सेकेन्ड टिचर कर्याक्रम क्याम्वृज युनिर्भरसिटी र थाईन्याडको प्याडागोजी डिर्पाटमेन्ट द्धारा विकास गरिएको हो।

अहिले यो कार्यक्रम विश्वका ५० भन्दा बढि देशहरुमा संचालन भैरहेको इनेभेटिभ नेपाल ग्रुपका संस्थापक अध्यक्ष तथा माई सेकेन्ड टिचर कार्यक्रमको फाउन्डर शुलभ बुढाथोकिले जानकारी दिनुभयो । यो कार्यक्रम मार्फत् पठनपाठनका बारेमा अभिवावक, शिक्षक, विद्यार्थीहरुले सजिलै जानकारी पाउने र नियमनकारी निकायलाई समेत नियमन गर्न सजिलो हुने बुढाथोकिको भनाई छ।

गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरि तेह्र वटा माध्यमिक विद्यालयका ७० जना भन्दा बढी शिक्षकहरूको सहभागीता रहेको कार्यक्रममा माई सेकेन्ड टिचरका प्रमुख मेधा भट्टराई ,उज्वल सुवेदी ,सचिन श्रेष्ठ ,अमन सुनाम,लिलाधर रिमाल लगायतले शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि,लर्निङ पेलेट फार्म सम्बन्धी जानकारी गराउनु भएको थियो ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तव्य तथा इनेभेटिभ नेपाल ग्रूपका संस्थापक अध्यक्ष तथा माई सेकेन्ड टिचर कार्यक्रमका कोफाउन्डर शुलभ वुढाथोकिको विषय प्रवेश बाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया