नेभ्ला दाङले ३४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनायो

 

 

तुल बहादुर कवँर मगर

दाङ । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसियसन(नेभ्ला) दाङले आफ्नो ३४ औं स्थापना दिवस शनिबार विभिन्न कार्यक्रम गरि मनाएको छ।

नेभ्लाले जिल्लाको गढवा गाउँपालिका वडा नं.६ मनिकापुरमा र शान्तिनगर गाउँपालिका वडा नं. २ पेदामा रहेको गौशालाका ३ सय ५० बढी पशुहरूलाई मिनरल बितरण, उपचार , परजिवि नियन्त्रण कार्यक्रम गरि स्थापना दिवस मनाएको नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसियसन(नेभ्ला) दाङका अध्यक्ष दामोदर आचार्यले जानकारी दिनुभयो ।

शान्तिनगर २ का वडाध्यक्ष सुनिल वली र गढवा ६ का वडाध्यक्ष बिरबहादुर आलेमगर सँगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमा नेभ्लाका दाङ जिल्ला समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

पेशागत हकहितका साथै नेपाली कृषक तथा पशुकल्याणको क्षेत्रमा क्रियाशिल रहदै आएको नेभ्लाले प्रत्येक वर्ष स्थापन दिवसको अवसरमा
विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया