मृगौला पीडित पुस्ते विक द्वारा उपचारको लागि सहयोगको अपिल

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं.१ भालुबाङ्ग निवासी मृगौला पिडीत पुस्ते विकले उपचारमा सहयोग गरि आफ्नो जीवन बचाई दिनको लागि सम्पूर्णमा हार्दिक अपिल गरेका छन्।

विगत ३ महिना देखि मृगौला फेल भएर बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित रुपमा डायलाइसिस गराउदै आएका विकले उपचार गर्ने रकम नभए पछि सहयोगको अपिल गरेका हुन् ।

दुवै मृगौला फेल भएर पीडित बनेका ४१ बर्षीय पुस्ते विक अहिले जीवन मरणको दोसादमा बाँचिरहेका छन् । मृगौलाले काम गर्न छोडेको थाहा पाए सँगै राम्रो खाने, लाउने उनको सपना माथी अहिले रोग पहाड बनेर उभिएको छ । तर उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै रहेको छ।

‘म बाच्न चाहान्छु । मलाई सबैले आर्थिक सहयोग गरेर बचाउनु होस्।’ भावुक हुदै उनले भने ‘ जस्ले जे जति सक्नु हुन्छ सहयोग गर्नुहोस्।’

उनले केही वर्ष पहिले आँखाको दृष्टि समेत गुमाएका छन्। ज्याला मजदुरीमा अरुको काम गर्दै आइरहेका विक दुबै मृगौला सँगै आँखाको दृष्टि समेत गुमे पछि उनको परिवारमा अहिले ठुलै संकट आइपरेको छ ।

‘अरुको काम गरेर खाने मान्छे ,कमाउने घर मुली नै थला परे पछि अब कसरी उपचार गर्ने हो, साझ बिहान के खाने हो।’ उनकी श्रीमती प्रेमला विकले भनिन् ‘निकै चिन्ता लाग्छ।’

उनको परिवारमा तीन जना सदस्य रहेका छन्।ती मध्ये छोरा भिमकान्त विक बाबु बिरामी भए पछि सानै उमेरमा पढाइ छोढेर स्थानीय स्तरमा चल्ने गाढीको सहयोगीको काम गर्ने गरेका छन्।

मृगौला पिडीत पुस्ते विकले अहिले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् । डाईलाइसिसको एक पटकमा करिव ६ हजार खर्च लाग्ने भएकाले आफु सँग तत्काल उपचार गर्न समेत समस्या भएको बताएका छन्।

उनलाई सहयोग गर्न सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडमा उनको नाममा रहेको खाता नम्बर ०१८१०५००३५४६६३०००००१ मा सहयोग रकम जम्मा सकिने बताइएको छ।त्यस्तै उनकि श्रीमती प्रेमला विकको मोबाइल नम्बर ९८६७४६७२०३मा फोन गरेर पनि सहयोग गर्न सकिने उनले बताएका छन्।

यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अवश्यक कागजात लिएर आए पालिकाको नियम अनुसार आर्थिक सहयोग गरिने बताउनुभयो ।साथै उहाँले राज्य बाट विपन्न मृगौला पिडीत बिरामीले निस्शुल्क रुपमा पाउने सेवा सुविधाको लागि पालिकाले सिफारिस समेत गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया