दाङ । विश्व शान्तिका लागि दाङको राप्ती गाउँपालिका वडा नं ५ पहरुवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रमा तीन करोड बत्ती प्रज्वलन गरिदैछ ।

धार्मिक केन्द्र ९ औँ वर्षमा प्रवेश गरेको अवसरमा तीन करोड बत्ती प्रज्वलन गरिन लागेको धार्मिक केन्द्रकी संरक्षक शिवलक्ष्मी चौधरीले बताएकी छिन् ।
आज भन्दा ९ वर्ष अगाडि आफुमा दैविय शक्ति प्राप्त भएको बताउँदै संरक्षक चौधरीले आउने जो कोहीले पनि गंगा स्नान र पुजापाठ गरे आफुले चिताएको कुरा पूरा हुने र विभिन्न किसिमका रोग व्याधी सन्चो हुने बताएकी छिन् ।
तीन करोड बत्ती प्रज्वलनको शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख कथा बाचक शिरोमणी पण्डित दिपक प्रसाद पौडेलले संयुक्त रूपमा बत्ती प्रज्वलन गरि उद्घाटन गरेका छन् ।
जेठ २५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा दैनिक विहान ८ बजे देखि ९ बजे सम्म पुजापाठ, विहान १० देखि ४ बजे सम्म र बेलुका ८ देखि राति १० बजे सम्म प्रमुख कथा बाचक शिरोमणी पण्डित दिपक प्रसाद पौडेलद्वारा संगितमय कथा बाचन, झाँकी, आरती रहने छ ।

तपाईको प्रतिक्रिया