दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कुनै पनि कार्यक्रमहरुमा खादा प्रयोग नगर्न अनुरोध गरेका छन् ।

धार्मिक स्थल शिवसवरी धाम धार्मिक केन्द्र पहरवाले आयोजना गरेकाे तीन कराेड दिप प्रज्वलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले अब राप्ती गाउँपालिका भित्र आयोजना गरिएका कुनै पनि कार्यक्रममा खादाको प्रयोग नर्गन अनुरोध गरेका हुन् ।
‘स्वागत तथा सम्मान स्वरुप अब खादा होइन फुलको प्रयोग गर्नुस्” अध्यक्ष विष्टले भने ‘राप्ती गाउँपालिका सबै नागरिकलाई अपिल गर्दछु । सबै मिलेर यो गाउँपालिकाका सबै नागरिकलाई समृद्धि बनाउन यो अभियानमा सहभागी भइदिन हार्दिक अनुरोग गर्दछु ।”
उनले भने निर्वाचित भएको दिन देखि नै खादा प्रयोग नर्गनुहुन अनुरोध गरिरहेको छु । यसलाई सबैले आत्मसाथ गर्दै अबमा दिनमा कसैले पनि प्रयोग गर्नु हुनेछैन भन्ने विश्वास लिएको छु ।

तपाईको प्रतिक्रिया