लायन्स क्वल अफ लमहीको अध्यक्षमा सहना श्रेष्ठ चयन

देउखुरी । लायन्स क्लव अफ लमही गठन गरिएको छ । समाजसेवी सहना श्रेष्ठको अध्यक्षतामा लायन्स क्लव अफ लमही गठन गरिएको हो ।

 

सामाजिक सेवा गर्ने, युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लायन्स क्लव अफ लमही गठन गरिएको छ । हालै लायन्स डिस्टिक गभर्नर मुक्ति ढकालले अध्यक्ष श्रेष्ठलाई पिन हस्तान्तर गर्नु भयो ।

लायन्स क्लव अफ लमहीको बैठकले जिम्मेवारी समेत वाँडफाँड गरेको छ । प्रथम उपाध्यक्षमा जंगबहादुर चौधरी, द्धितिय उपाध्यक्षमा हल्लुप्रसाद चौधरी, सचिवमा लोकमान रिजाल, कोषाध्यक्षमा शेषदत्त चौधरी, सह–सचिवमा भेषराज भट्टराई, सह–कोषाध्यक्षमा बर्षा वली, एससिपी प्रमुखमा नवाफ अली, सिसिआईएफ प्रमुखमा दशरथ घिमिरे, एमसिपिएल प्रमुखमा उमेश खड्का, शिक्षा विभाग प्रमुखमा कुमार घिमिरे, उद्योग विभाग लायन्स सदस्यमा गणेशकुमार चौधरीलाई जिम्मेवारी तोकिएको छ ।

तपाईको प्रतिक्रिया