राष्ट्रिय कर दिवसमा दाङमा करदाता शिक्षा

दाङ–दाङको लमहीमा १२ औं राष्ट्रिय कर दिवस २०८० को सन्दर्भमा करदाता शिक्षा प्रदान गरिएको छ ।

 

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले देउखुरी उद्योग बाणिज्य संघ, गढवा उद्योग बाणिज्य संघ, सिसहनियाँ उद्योग बाणिज्य संघ र राप्ती उद्योग बाणिज्य संघको सह–आयोजनामा मंगलबार लमहीमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ठकुरीले व्यवासीकहरुको बर्गिकरण गरेर थप व्यवसायिक प्रशिक्षण आवश्यक भएको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत टीकाराम चौलागाईले करदाता शिक्षा विना व्यवसायमा हात हाल्दा समस्या पर्ने भन्दै उहाँले करदाता शिक्षा अनिवार्य लिनुपर्नेमा जोड दिनुभयो ।

व्यवसायीहरुले मिसम्याच, अन्तःशुल्क, कर जरिवाना जस्ता बिषयमा प्रश्न राखेका थिए । कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकी, देउखुरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खगेश्वर खनाल, लमही नगरपालिका राजश्व शाखा प्रमुख लक्ष्मी सुवेदी लगायतको बिशेष उपस्थिती थियो ।

कार्यक्रमबारे प्रकाश कर अधिकृत खिमलाल पुनले पार्नु भएको थियो । व्यवसायीहरुको जिज्ञासाको जवाफ कर अधिकृत प्रेम सुनार र नायव सुब्बा जशराज वलीले दिनु भएको थियो । कोषाध्यक्ष हरिबहादुर थापाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बाणिज्य उपाध्यक्ष केशव घिमिरेले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया