बुटवल । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्दीन खाँले हाल सञ्चालित कक्षा १२ को परीक्षा दिँदै छन् ।

मन्त्री खाँको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र रहेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ५ को हाजिएना तुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका उनले शिक्षा संकायबाट कक्षा १२ को परीक्षा दिँदै छन् । हाजिएना तुल्ला मावि शिक्षा संकायका विद्यार्थी उनीहरु कक्षा ११ मा उत्तीर्ण भइसकेका छन् ।
यद्यपि उनले पहिलो दिन अंग्रेजीको परीक्षा दिएपछि अन्य परीक्षामा सहभागी नभएको जनाइएको छ ।
उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ । खाँ नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४(२)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया