
देउखुरी । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीले शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् ।
शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाले आयोजना गरेको संयुक्त पुजा, डुंगा उद्घाटन तथा भण्डारा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मास्कीले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका कार्यवाहक मुख्यमन्त्री मास्कीले राजधानीको नजिकको धार्मिक केन्द्र भएकोले पनि धामको विकास प्रचारप्रसारका लागि राप्ती गाउँपालिका सँग सहकार्य गरेर विकास गरिने प्रतिवद्वता जनाएका छन् ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यस वर्ष धार्मिक क्षेत्रका लागि बजेट विनियोजन गर्न नसके पनि आगामी वर्षहरूमा मास्टर प्लान सहित धामको प्रचारप्रसार र विकासमा गाउँपालिकाले सहयोग गर्ने बताएका छन् ।
धामका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरी, धामका सल्लाहकार सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यवाहक मुख्यमन्त्री मास्कीले दोलाईखोला गंगासागरमा डुंगाको उद्घाटन समेत गरेका थिए । पर्यटकहरूलाई आकर्षित गर्न गंगासागरमा डुंगाको व्यवस्था गरिएको धामका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरीले जानकारी दिएका छन् । धामका सचिव राजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन धामका सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया