दाङ। स्थानीय तहका जनप्रतिनिधिले पालिकालाइ सञ्चारमैत्री बनाउने प्रतिबद्धता व्यक्ति गरेका छन । स्थानीय तहमा मिडिया नीति निर्माण गरेर सञ्चारमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले मंगलबार घोराहीमा आयोजना गरेको जनप्रतिनिधिहरू सँग स्थानीय तहमा मिडियामैत्री नीति र कार्यक्रम निर्माण सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रममा पत्रकारहरूले सहज तरिकाले सुचना उपलब्ध गराउन जनप्रतिनिधिहरू सँग माग गरेका थिए ।
महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने पत्रकारहरूले सुचना लुकाउने काम बन्द गरी पारदर्शी काम गर्न सुझाव दिनुभयाे । स्थानीय तहमा रहेका मिडियालाई प्रोत्साहन गरि मिडियामैत्री बन्न आग्रह पनि गर्नु भयाे ।
कार्यक्रममा बोल्ने पत्रकारहरूले कार्यपालिकाको बैठकको निर्णय समेत छिटो छरितो तरिकाले बाहिर ल्याउनु पर्ने र काठमाडौं महानगर जस्तै सवै पालिकाले कार्यपालिका बैठक को लाइभ गर्न पनि अनुरोध गरेका छन् ।
पत्रकारहरूको क्षमता विकास तालिम सञ्चालन गर्न, सार्वजनिक सुनुवाइ कार्यक्रम समयमा हुनुपर्ने, पालिकाको सुचना तथा बजेट कार्यक्रम वाइवसाइडमा राख्नुपर्ने, न्यायीक समितिलाई इजलाश बनाउन नहुने, पालिकाहरू जेष्ठ नागरिक, बालमैत्री, अपांगमैत्री बन्न आवश्यक रहेकाे बताएका छन ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ जनप्रतिनिधिहरूले दिएका छन । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चाैधरीले नगरलाइ सञ्चारमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, बंगाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमाकुमारी वली खड्का र राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले स्थानीय तहले सुचना प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
प्रेस स्वतन्त्र सेनानी सुशील गाैतम, नेपाल पत्रकारका पुर्व अध्यक्ष केवी मशाल, निर्वतमान अध्यक्ष सविन प्रियाशन, प्रेस काउन्सिलका शरद अधिकारी, महासंघ दाङका सहसचिव दशरथ घिमिरे, पत्रकारहरू लोकराज पराजुली, ओमप्रकाश गुप्ता, सुर्दशन रिजाल लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राख्नु भएको थियाे ।
महासंघका उपाध्यक्ष बसुन्धरा गाैतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासंघका सचिव आर. के शितलले गर्नु भएको थियाे ।

तपाईको प्रतिक्रिया