दाङमा अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जना पक्राउ

दाङ । दाङमा अवैध लागुऔषध(ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सोमबार बेलुका पौने १० बजेको समयमा घोराही उपमहानगरपालिका १७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध(ब्राउनसुग)सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओर्सारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही १४ निवासी २४ वर्षिय पुजन राज कुँवर र घोराही १५ निवासी २२ वर्षिय विष्णु बुढा मगर रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया