तिलोत्तमा नगरपालिका-१ को कार्यालयमा तालाबन्दी

बुटवल । सेवाग्राहीले मंगलबार तिलोत्तमा नगरपालिका वडा नं १ को कार्यालयमा तालाबन्दी गरेका छन् ।

 

उनीहरुले अत्यावश्यक काम समेत नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हुन् । वडाध्यक्ष्य फर्सुराम गिरी कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिई वडामा अनुपस्थित हुने गरेका छन् । फोन गर्दा समेत सम्पर्क नभए पछि वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

कुनै काम विशेषले भए पनि वडाध्यक्षले यो दिन काम हुन्छ भनेर बताउनु पर्ने भए पनि वडाध्यक्षले फोन गर्दा फोन नै काटिदिने गरेको सेवाग्राही बताएका छन् ।

तपाईको प्रतिक्रिया