सडकमा रात बिताउने ओली र चौधरीको उद्धार

निरला अर्याल
तुलसीपुर । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने २ जना सडक आश्रित लाई उद्धार गरिएको छ । मानव सेवा आश्रम को अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो ।

 

दिउँसो को समयमा खोज्न गाह्रो हुने र राती सुतेको अवस्थामा उद्धार गर्न सजिलो हुने भएकोले रातीको ९ बजे पछि सडक पेटीमा खोज्दै सडक आश्रितहरुको उद्वारमा हिँडेको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताउनु भयो । शनिबार राती ९ बजे सल्यान कपुरकोट घर बताउने अन्दाजी ७०÷७५ वर्षका लाल बहादुर ओली लाई तुलसीपुरको बसपार्क क्षेत्र बाट उदार गरिएको हो । १० जना छोरी र ५ जना छोरा बताउने ओली मानसिक रूपमा असन्तुलन भएको देखिन्छन् । काई परेका खुट्टा, वर्षौ सम्म ननुहाएको शरीरले सडकको झल्को दिइरहेको थियो । लगाउन नदिएपछि गल्ली र चोकहरुमा माग्दै खाँदै हिँडेको हो ओलीले भन्नुभयो ।

यस्तै तुलसीपुर ६ बरुवागाऊ घर बताउने ३२ वर्षीय मोहन चौधरीलाई घोराही रोड बाट सडक पेटीमा सुतिरहेको अवस्थामा उद्वार गरिएको छ। चौधरीले आमाको मृत्यु पश्चात सडकमा रात बिताउँदै आयको जानकारी दिनुभयो । पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रम लिएका सुदन रेग्मीले आफ्नो अर्धागिनिको मृत्यु पश्चात आफू भौतारिएर हिँडेको बताएका छन् । प्लास्टिकको झोलामा पुराना देखिने कपडा एक दुई जोर, आँखामा राख्ने औषधि लगायत केही सामान साथमा राखेर सुतेका थिए भने सुत्न को लागि बोकेको लत्ता कपडा पनि छ । खान बस्न पाइन्छ भनेपछि खुसी हुँदै मानव सेवा आश्रममा जान राजी समेत भएका थिए । अबस्था बुझ्दा उनी धेरै महिनादेखि सडकमा बसेको बुझिएको छ ।

मानव सेवा आश्रमले जुनसुकै समयमा सडक पेटीमा रात बिताउने हरुको उदार गरेपनि शनिबार भने विशेष उदार अभियान सञ्चालन हुने गरेको आश्रमका संयोजक हिरु जोशीले बताउनु भयो । देशका १९ वटै शाखा हरुबाट शनिबार विशेष उदार अभियान एकै समयमा हुने गरेको समेत जानकारी दिनु भयो ।

विविध कारणले खुल्ला आकशमुनि रात बिताउने हरुको लागि उदार गर्न जुनसुकै समयमा जानकारी गराउन जोशीले अपील गर्नु भएको छ । अहिले आश्रममा ६५ जना रहेका छन् । मुठी मुठ्ठी को सहयोगले धेरै पुण्य काम भएको हुनाले सहयोगी हातले साथ दिन प्रमुख जोशीले सम्पूर्णमा आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया