भालुवाङमा २७ जनाले गरे रक्तदान

 

 

देउखुरी । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आशाका किरण संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । २७ जनाले रक्तदान गरेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र लमही र घोराहीको प्राविधिक सहयोग रहेको थियो ।

रक्तदान जीवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा महिला र पुरूष गरि २७ जनाले रक्तदान गरेका आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्बासेले बताए । कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र दाङका प्रमुख दिलिप न्यौपाने, रक्त सञ्चार सेवा केन्द्र लमहीकी प्रमुख मनिषा चन्द ठकुरी, प्राविधिकहरू सिमा वली, प्राविधिक सहायक गोपीचन्द्र चौधरीले सेवा दिएका थिए ।

आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापती किरण भण्डारीको विशिष्ट आतिथ्यतामा रक्तदान सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया