लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त

लुम्बिनी प्रदेशसभाको सचिवमा दुर्लभकुमार पुन दोस्रो कार्यकालका लागि सचिवमा नियुक्त भएका छन् ।

 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका पुनलाई आइतबार पुन नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन्।

तपाईको प्रतिक्रिया