तत्काल सरकार बनाउन एमालेको कुनै रुची छैनः उपमहासचिव ज्ञवाली

दशरथ घिमिरे

 

दाङ–नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले तत्काल वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको र त्यसमा एमालेको कुनै रुची नरहेको बताएका छन् ।

दाङको देउखुरीमा बुधवार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले र कांग्रेसको सहकार्यमा सरकार गठनको सम्भावना नरहेको बताएका हुन । ‘वैकल्पीक सरकार गठनमा एमाले लाग्दैन । एमालेको अर्जुन दृष्टि आगामी २०८४ को निर्वाचनमा छ’ उनले भने, ‘अहिलेको निर्वाचनले जुन जनमत प्राप्त भएको छ । यसले अस्थिरता मात्रै दिएको छ । आगामी निर्वाचनबाट एमाले बलियो शक्ति बनेर उदाउने छ ।’

अहिले कांग्रेस रमाईरहेको टिप्पणी उनको छ । देशमा भइरहेको अराजकताले कांग्रेस पार्टीलाई कुनै महशुस नभएको उनले बताए । ‘९०÷८९ सिटको कांग्रेसलाई ३२ सिटको माओवादीले टुप्पीमा समातेर रिंगाई राखेको छ । त्यसको उहाँहरुलाई कुनै फिल भएको जस्तो लाग्दैन । कतै बोल्नुहुन्न उहाँहरु’उनले भने,‘अहिले कांग्रेस एक किसिमले हराएको छ । काँ नेर छ कंग्रेस देखिदैन । कुनै वेला दुई तिहाई ल्याएको विपी कोइरालाको पार्टी, आज सत्ताको निम्ति ३२ सिट । जसरी एउटा सानो फुच्छे माउतेले सिंगो हात्तिलाई दाईरहको हुन्छ । हिडाई रहेको हुन्छ । माउतेले हात्तिलाई कनाइरहेको बेला आनन्द मानिरहेको देख्दा हामी राजनीतिमा रमिता देखिरहेका छौं ।’

सरकारको निम्ति सरकार एमालेको प्राथमिकताको बिषय नरहेको स्पष्ट पारे ।‘देशमा आएका अस्थिरताका जोखिमहरु हट्नुप¥यो । अर्थतन्त्र लयमा फर्किनुप¥यो । व्यवसायीहरुलाई भरोसा हुनुप¥यो’उनले भने,‘देशमै केही गरेर खाने अवस्था सृजना हुनुपर्छ भन्ने एमालेको मान्यता हो । यि कामहरु हुन्छन् भने एमाले सरकार भन्दा बाहिर बसेर सहयोग गर्न तयार छ ।’

यस्तै उपमहासचिव ज्ञवालीले प्रदेश केन्द्र सरकारको छाँया नभएको स्पष्ट पारेका छन् ।‘माथी के हुन्छ छोडिदिनुस, जे कुरा पनि माथीको फोटोकपी गर्नुपर्ने हो, माथिकै छायाँ जस्तै चल्नुपर्ने हो भने किन चाहियो प्रदेश’उनले भने,‘प्रदेशको वास्तविकतालाई ध्यानमा राखेर यहाँको शक्ति सन्तुलन अनुसार अगाडी बढ्न आग्रह गर्दछु ।’

यस्तै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई विकृत बनाएको आरोप लगाए ।‘राजनीतिमा झुठ, फरेत, वेईमानी भन्या चाही स्वभावीक कुरा भन्ने कुरा हो भन्नेगरी प्रस्तुत गरेर राजनीतिलाई अत्यन्तै विकृत बनाईदिनुभयो’उनले भने,‘हामीले त उहाँलाई राम्रोसंग नेतृत्व गर्नुहोला भनेर प्रधानमन्त्रीमा समर्थन गरेका थियौं । तर, उहाँले बाटो बदल्नुभयो ।’

पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य तथा दाङ इञ्चार्ज चेतनारायण आचार्य, प्रदेश कमिटि सदस्य गंगाराम भट्टराई, जगतप्रसाद पोख्रेल लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया