राप्ती गाउँपालिकामा लामखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सुरू

देउखुरी । दाङको राप्ती गाउँपालिकाले लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने अभियान सुरु गरेको छ।

 

स्वास्थ्य शाखाले डेंगी रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार राप्ती गाउँपालिका १ भालुवाङबाट सो अभियानको सुरूवात गरेको थियो । त्यसै गरी स्वास्थ्य शाखाले शनिवार सिसहनियामा पनि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने अभियान सुरु गरेको छ।

स्थानीय तहका जनप्रतिनिधि, टोल विकास संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मीसँग अभिमुखिकरण कार्यक्रम सँगै पहिलो चरणमा बजार क्षेत्रमा लामखट्टेको बासस्थान खोज र नष्ट गर’ गर्ने उदेश्यसहित सहित भालुवाङ र सिसहनियामा अभियान सुरू गरिएको हो ।

वर्षायाम सुरु सँगै दाङ सहित देशैभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि राप्ती गाउँपालिका स्वास्थ्य शाखाले लामखुट्टेको बासस्थान खोजी गरि नष्ट गर्ने अभियान शुरु गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने र वडास्तरमा अभिमुखिकरण सहित टोल–टोलमा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिने अध्यक्ष विष्टको बताए ।

बजार क्षेत्रका टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् ।

पहिलो चरणमा शुक्रबार भालुवाङ बजार क्षेत्र र पाखापानी क्षेत्रमा अभियान सँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने कार्य गरिएको छ । पाखापानी क्षेत्रका ग्यारेजहरुमा रहेका टायर, व्याटि तथा खाल्टाहरुमा जमेको पानी हटाइएको थियो । कतिपय स्थानमा लामखुट्टेको लार्भा समेत भेटीएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द्रले बताए ।

पानी परेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेंगीको जोखिम समेत बढ्दै गएको छ ।

 

तपाईको प्रतिक्रिया