
देउखुरी । दाङमा प्रहरीले अवैध रुपमा काँचो सालको रुख काटेर घप्पु बनाउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।
गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वन क्षेत्रमा सालको रुख ढालेर तीन वटा घप्पु बनाएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिईन् । उनका अनुसार अवैध साल काठ कटानमा संलग्न ३३ बर्षिय देवराज बोटे, २७ बर्षिय कमलबहादुर माझी र २० बर्षिय अमरबहादुर माझीलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय गोवरडिहाको जिम्मा लगाइएको छ ।
प्रहरी चौकी गोवरडिहाले गस्ती गर्ने क्रममा साल काठ कटान गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया