जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण

दाङ–ग्लोबल फण्ड र सेभ द चिल्ड्रेनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच उक्त प्रदेश प्रयोगशाला लुम्बिनीलाई हस्तान्तरण गरिएको हो ।

 

एचआइभी एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फण्डको अनुदान सहयोगमा बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । ८ करोड ७० लाख २० हजार ४ सय २० रुपैयाँको लागतमा निर्मित उक्त प्रयोगशाला ग्लोबल फण्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक, सेद द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार एक कार्यक्रमबीच विधिवतरुपमा हस्तान्तरण गरका छन् ।

बुटवल–१२ तामनगरमा निर्माण भएको यो प्रयोगशालाको तत्कालिन समाजिक विकास मन्त्री सुर्दशन बरालले २०७८ सालमा शिलन्यासन गरेका थिए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्यि जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा भवन निर्माण भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्मन्त्री राजु खनालले प्रदेश संरचना निर्माण पछि पहिलो पटक भवन निर्माण सम्पन्न भएको भन्दै यसलाई पूर्ण क्षमतामा चलाउनको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

ग्लोवल फण्डका सिनियर पोर्टफोलियो म्यानेजर९नेपाल० का मिष्टर ईस्फनले ग्लोवल फाण्डले नेपालका विकासका लागि अहिले काम गरिरहेको बताउदै निर्माण भएको प्रयोगशलाले समुदायका मानिसहरुले सेवा पाउनुपर्ने बताए ।

कार्यक्रममा पुर्व मन्त्री सुर्दशन बराल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जर्नादन पन्थी, स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद कुमार गिरी, पाल्पा स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरी, प्रदेश जनस्वाथ्य प्रयोगशाला प्रमुख रोशनाल चौधरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

जसमा सम्पूर्ण आर्थिक सहयोग एड्स तथा क्षयरोग र मलेरिया विरुद्धको ग्लोबल फण्डको अनुदान र सेभ द चिल्डेन्सको प्राविधिक सहयोगमा भवन निर्माण पुरा भएको हो ।

यसका साथै, क्षमता सुदृढीकरण कार्यक्रमहरु मार्फत यस प्रयोगशालालले लुम्बिनी प्रदेशका प्रयोगशालाहरुमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धि गर्ने, प्रयोगशालाहरुलार्ई प्राविधिक सहायता प्रदान गर्ने, प्रयोगशालाहरुको उच्च गुणस्तर कायम राख्ने र सर्वसाधारणलाई न्यून मूल्यमा प्रयोगशालासम्बन्धी सेवा दिनको लागि समेत सहयोग गर्नेछ ।

उक्त प्रयोगशाला निर्माणमा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यबस्थापक मिम बहादुर सिंहको ठुलो भुमिका रहेको छ । सिंह लामो समय देखि स्वास्थ्य क्षेत्रमा कृयाशिल छन् । उनी एचआइभी एड्स, क्षयरोग र मलेरियाको क्षेत्रमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा वरिष्ठ व्यवस्थापकका रुपमा कार्यारत रहेका छन् ।

तपाईको प्रतिक्रिया