राजीनामा दिएको भनिएका दाङका वडाध्यक्ष फर्किए काममा

दाङ – वडाध्यक्षबाट राजीनामा बुझाएको भन्दै चर्चामा आएका दाङका एक वडाध्यक्ष पुनः वडाकै काममा फर्किएका छन्।

 

घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका हुन्। उनले बिहीबारबाट काम थालेको जनाइएको छ। अध्यक्ष पदबाट राजीनामा दिएको डेढ महिनापछि पुनः काममा फर्किएका हुन्।

वडामा पर्याप्त बजेट नछुट्याएको भन्दै उनले असार १० गते पदबाट राजीनामा बुझाएको घोषणा गरेका थिए। तर, उनको राजीनामा स्वीकृत भएको थिएन। राजीनामा बुझाएको केही समय काठमाडाैँमा बसे। उनले पटक–पटक राजीनामाको घुर्की लगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया